१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयरल्याण्ड र डेनमार्कबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं, असार ४ । युरोपेली मुलुक आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

युरोपेली युनियन मार्फत दिइएको सामग्रीहरु नेपालस्थित इयुकी राजदुत नोना डेप्रेजले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो ।

सहयोग सामग्री मध्ये आयरल्याण्डबाट अक्सिजन कन्सनट्रेटर ७२ थान, ब्याप मेसिन १२ थान, भेन्टिलेटर ४४ थान, प्लस अक्सिमिटर ४ सय थान, रेष्पीरेटर मोनिटर ५० थान, डेफ्रिब्रिलेटरस ५० थान, थर्मोमिटर एक सय थान, अक्सि रेगुलेटर ७ सय २८ थान, एयर रेगुलेटर ३ सय ९८ थान, प्रोटिक्टिभ कोभरल्स ९९ हजार, फेससिल्ड २ लाख भन्दा बढी थान र सर्जिकल माक्स १० लाख भन्दा बढी रहेको छ ।

त्यस्तै डेनमार्कबाट भेन्टिलेटर २६ थान, अक्सिजन क्यानल्स ५०, भाइजर ९६ हजार, आइसोलेसन ग्राउन ९६ हजार र एफएफपी टु मास्क ९६ हजार रहेका छन् ।

रुसी कार्गो विमान एन्टोनोभ– १२४ ले ती सामग्री काठमाडौं ल्याएको हो ।