
काठमाडौं, असार ६ । कोरोना भाइरसको महामारीबाट नेपालमा थप ५१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ५१ जनाको मृत्यु भएको हो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ ।
आइतबार २४ सय ४२ जना संक्रमित थपिएका छन् । ६ हजार ६ सय ७७ पीसीआरबाट १४ सय २१ तथा ४ हजार २ सय ४९ एन्टिजेनबाट १ हजार २१ गरी परीक्षणको २२ दशमलव ३५ प्रतिशतमा संक्रमण देखिएको हो ।
थपिएकामध्ये काठमाडौ उपत्यकाका मात्रै ५ सय ४८ जना हुन् ।
जसमा काठमाडौंका ४ सय ५०, ललितपुरका ५३ तथा भक्तपुरका २५ जना हुन् ।
हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ४७ हजार ६ सय ५१ रहेको छ । जसमा पीसीआरबाट ६ लाख २१ हजार ५६ तथा एन्टिजेनबाट २६ हजार ५ सय ९५ जना हुन् ।
आइतबार ३ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म निको हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ रहेको छ ।
देशका ४२ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् ।
हाल ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमा ५१ हजार ८ सय ३३ जना होम आइसोलेसनमा र ३ हजार ६ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
८ सय ७१ जना आईसीयूमा र २ सय ५० जना भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्