१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


४० हजार घुससहित वन कार्यालयका कर्मचारी पक्राउ


0
Shares

धादिङ, असार ६ । धादिङका सहायक वन अधिकृत ४० हजार घुस सहित पक्राउ परेका छन् ।

निलकण्ठ गाउँपालिकाको सव डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रङ्गेहात पक्राउ गरेको हो ।

फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठको बारेमा परेको उजुरी मिलाइदिने भन्दै फर्निचर ब्यावसायीसंग रकम लिंदै गर्दा उनी पक्राउ परेका हुन ।

पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।