२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कैलालीमा एक साता निषेधाज्ञा थप


0
Shares

कैलाली, असार ७ । कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ ।

निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा थपने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार १५ गतेसम्म निषेधाज्ञा लम्बाइएको हो ।

कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले असार ८ गतेबाट लागु हुने गरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।