
अर्घाखाँची, असार ७ । अर्घाखाँचीमा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस अघि असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञामा किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो १ बजेसम्म खुल्दै आएकोमा भोलिदेखि भने होटल तथा रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पुरा गरि बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म खुलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
यता हाल जिल्लाभरमा हाल २सय ४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन भने कोरोना संक्रमण बाट हाल सम्म ६४ जनाको मृत्यु भएको सहायक प्रमुख लिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्