
काठमाडौं, असार ७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका कारण स्थगित गरेका सेवा मंगलबारदेखि नियमित गर्ने भएको छ ।
प्रशासनले मंगलबार (भोलि)देखि नियमित रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नियमित रुपमा दिँदै आएको सेवाहरु नियमित संचालन गर्ने भएको हो ।
कोरोनाको संक्रमण उच्च भएपछि बैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।
यसअघि प्रशासनले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने दिँदै आइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्