
तस्बिर फाइल
काठमाडौं, असार ८ । ललितपुर महानगरपालिकाले बुधबार (भोलि)देखि ७७ वर्ष माथिका नागरिकलाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ ।
महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो ।
महानगरभित्र रहेका ७७ वर्ष माथिका ज्येष्ठ नागरिकलाई असार ९ गतेदेखि खोप दिन लागेको हो ।
७५ वर्ष माथिकालाई दोस्रो डोज लगाउने भनिए पनि खोप अभावका कारण ७७ वर्ष माथिकालाई मात्र लगाउन लागेको महानगरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयवाट पटक पटक गरी कोभिशिल्ड दोस्रो डोजका लागि हालसम्म २५ सय खोप प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्