
काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन् ।
राजीनामा स्वीकृत गरिएकामा प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् ।
उनीहरुको राजीनामा मंसिर १ गतेबाट लागु हुनेगरी स्वीकृत गरिएको जनाइएको छ । राजीनामा स्वीकृत गरिएका अर्याल पूर्व भ्रमणमा लागेका छन् ।
सचिवालयमा रहेका सबै ११ सदस्यलाई राजीनामा गर्न लगाए पनि केहीको भने स्वीकृत गरिएको छैन ।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने स्वीकृत नगरिएको हो । स्वकीय सचिव ईन्द्र भण्डारी, प्रधानमन्त्रीका निकट सहयोगिथ राजेश बज्राचार्यलगायत केही भने पदमा कायमै रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्