१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय


0
Shares

काठमाडौं, असार ८ । सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

आन्तरिक उडान बैशाख २० गतेबाट बन्द गरिएको थियो ।

उडानको व्यवस्थापन गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ ।