७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अत्यावश्यक कामका लागि जिल्लाको अनुमति लिएर मात्र काठमाडौं उपत्यकामा प्रवेश पाइने


0
Shares

काठमाडौं, असार ८ । निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो ।

साथै, स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न नपाइने प्रशासनले जनाएको छ ।