
काठमाडौं, असार ८ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीले गलत बाटो अंगाल्दा नेकपा, संसद, सरकार र पार्टी तहस नहस भएको टिप्पणी गर्नुभएको छ ।
नेपालले फेसबुकमा लेख्नुभएको छ, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्।’
त्यस्तै नेपालले ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाँदा पार्टी, देश कसैलाई पन गन्त्व्यमा नपुर्याउने बताउनुभएको छ । ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैनन् । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !!’

प्रतिक्रिया दिनुहोस्