८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अजयबाबुलाई इन्जा साहसिक पुरस्कार, शिवाकोटीले दिए २५ हजार स्वर्गीय पत्रकार शर्माको परिवारलाई


0
Shares

काठमाडौं, कात्तिक २९ । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) साहसी पुरस्कार पाएका छन् । काठमाडौंमा गरिएको कार्यक्रममा शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार ग्रहण गर्दै हाम्राकुरा डटकमका सम्पादकसमेत रहेका शिवाकोटीले आफुले पाएको पुरस्कारबाट २५ हजार रुपैयाँ बिहीबार मात्रै निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई सहयोग गर्ने घोषणा पनि गरे ।

इन्जाको नेपाल च्याप्टरले गरेको कार्यक्रममा मानवअधिकारवादी कृष्ण पहाडीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ । पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यालयकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको सम्बन्धि समाचार सार्वजनिक गरे वापत शिवाकोटीलाई यो पुरस्कार दिइएको हो ।

शिवाकोटीले समाचार सार्वजनिक गरेलगत्तै महराले सभामुख पद गुमाउनु परेको थियो भने हाल उनी मुद्दाको पूर्पक्षका लागि करागारमा छन् ।