१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपालाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा


0
Shares

काठमाडौं, असार ९ । जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छन् ।

दलित भएको थाहा पाएपछि कोठा नदिएको भन्ने रुपा सुनारको उजुरीका आधारमा प्रहरीले ती घरबेटीलाई पक्राउ गरेको थियो ।

घरबेटी बुधबार (आज) रिहा भएकी छन् ।

सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा उनलाई छोडिएको हो ।

थप अनुसन्धान जारी रहने प्रहरीले बताएको छ ।