२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एकैपल्ट दश सन्तान जन्माएको भन्ने दक्षिण अफ्रिकी महिलाको दाबी झूठो, गर्भवतीसमेत नभएको लाग्यो पत्ता


0
Shares

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले दश बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भन्दै प्रचारित समाचार गलत पुष्टि भएको छ ।

एकैपल्ट दश बच्चा जन्माएको भनी बीबीसीसमेतले गरेको रिपोर्टिङ झूठो निस्केको बीबीसीले नै जनाएको छ ।

उक्त महिला गोसिआमे सिथोल गर्भवतीसमेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको र ३७ वर्षीया उनलाई अनुसन्धानको दायरामा ल्याउँदै मानसिक स्वास्थ ऐन अन्तर्गत नियन्त्रणमा राखिएको बीबीसीले जनाएको हो ।

दक्षिण अफ्रिकास्थित प्रिटोरिया न्यूजले सबैभन्दा पहिले जुन ८ मा प्रकाशन गरेको समाचारमा जुन ७ मा स्टेब बुकु अकाडेमिक अस्पतालमा बच्चा जन्मिएको भनिएको थियो । तर अहिले अस्पतालले उक्त समाचारलाई असत्य भनेको हो ।

बीबीसीका अनुसार उक्त अस्पतालमा मात्रै नभई दक्षिण अफ्रिकी प्रान्त गाइटिङभरीका कुनै अस्पतालमा पनि एउटै आमाबाट १० बच्चा जन्मिएको पत्ता नलागेको हो । कुप्रचार गर्नुको कारण भने अहिलेसम्म नखुलेको जनाइएको छ ।