२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसमा १४ औं महाधिवेशनको रन्कोः बिमलेन्द्र, शशांक र प्रकाशमान जुटे दोस्रो चरणको छलफलमा


0
Shares

Bimlendra-Shasank-Prakashman

काठमाडौं, असार ११ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति नजिकिएसँगै नयाँ समीकरणका लागि प्रयासहरु थालिएका छन् ।

पार्टी सभापतिमा शेरबहादुर देउवाले आफै दाहोर्‍याउने पक्का भएपछि कांग्रेसमा तीन नेतापुत्रहरुबीच छलफल बाक्लिएको छ ।

यसक्रममा आज पनि महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र कोइरालाबीच छलफलमा चलिरहेको छ ।

सभापतिका आकांक्षी तीन नेताबीच भदौमा हुने १४ औं महाधिवेशनमा नयाँ समीकरण बनाउन यसअघि नेता निधिले सोमबार आफ्नो निवासमा बोलाएर अरु दुई नेतासँग छलफल चलाउनुभएको थियो ।

सोही दिन साँझ काठमाडौंको एक पार्टी प्यालेसमा कांग्रेसका युवा नेताहरुसँग पनि निधिले छलफल गर्नुभएको थियो ।

युवा नेताहरुले १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएकाहरु बाहेक अरु जोसुकैलाई साथ दिन सक्ने भन्दै पार्टीमा रुपान्तरणका एजेण्डासहित आउन भनेका थिए ।

शुरुमा सभापति देउवासँग समर्थन माग्नुभएका निधिलाई देउवाले साथ दिन नसक्ने बताएपछि उहाँ नयाँ समीकरणमा जुट्नुभएको हो ।