
काठमाडौं, असार ११ । शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताउनुभएको छ ।
शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दे उहाँले सरकारले विगतमा पनि कानून र संविधानको पूर्ण पालना गर्दै आएको र अब पनि गर्ने उल्लेख गर्दे संसद विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताउनुभएको हो ।
राजनीतिक अस्थिरता र संसदले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तराष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्त अनुसार मुलुकलाई स्थिरता तर्फ लैजान संसद विघटन गरिएको प्रसंग उल्लेख गर्दे उहाँले सरकार सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
पुनस्र्थापित संसदले मुलुकमा देखिएको अस्थिरता र पश्चगमनको बाटाहरुलाई निराकरण गरेर समस्या समाधान गर्न नसकेको र बहुमतको सरकार गठन गर्ने पटक पटकका अवसर खेर फालेकाले दोश्रो पटक संसद विघटन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्