१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गर्नै मुख्यमन्त्रीलाई हम्मेहम्मे, चार मन्त्रीमा पनि दुईलाई मात्रै जिम्मेवारी


0
Shares

Gandaki pradesh chief minister krishnachandra

पोखरा, असार १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रीहरुको कार्यविभाजन गर्नै हम्मेहम्मे परेको छ ।

जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त नेपालीले १५ दिनपछि गरेको कार्यविभाजन पनि अस्थायी मात्र रहेको छ । जसमा चार मध्ये दुई मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको हो ।

गण्डकी प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री नेपालीले कुमार खड्कालाई शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राजिव गुरुङ उर्फ दीपक मनाङ्गे र हरिशरण आचार्यलाई अझै कुनै पनि मन्त्रालय दिइएको छैन । बिना विभागीय मन्त्री बनाइएको छ ।

मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोने पनि अस्वीकार गरेको बताइएको छ । अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार वा शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पाउनुपर्ने मनाङ्गेको दावी रहेको छ ।

गत जेठ २९ गते मुख्यमन्त्री नियुक्त नेपालीले चार मन्त्री नियुक्त गरे पनि गठबन्धन दलबीच अझै पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । नेपाली माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।