
मकवानपुर, असार १३ । मकवानपुरमा दुग्ध प्रशोधन उद्योग निर्माण सुरु भएको छ ।
जिल्लाका कृषकले उत्पादन गरेको दूधलाई प्रशोधन र विविधीकरण गरी उपभोक्तासम्म पुर्याउने उद्देश्य लिएको दुग्ध उत्पादक सहकारी संघले बताइएको छ ।
बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सहकार्यमा जिल्ला दुग्ध उत्पादक सहकारी संघले भीमफेदी गाउँपालिका– १ मा उद्योगको निर्माण गरिरहेको छ ।
सहकारी संघमार्फत् नै उद्योग सञ्चालन हुने भएकाले उपभोक्ताले अन्यन्त्रको भन्दा सस्तो र गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन पाउने छन् भने नाफा सहकारीमार्फत् कृषकसम्म पुग्ने संघले जनाएको छ ।
मकवानपुरमा अहिले दैनिक ६० हजार लिटरभन्दा धेरै दूध उत्पादन हुने गरेको र तीमध्ये सहकारीबाट दैनिक ४० हजार लिटर दूध संकलन र बिक्री हुदै आएको संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिनुभयो ।
अहिले संघमा ५७ वटा दुग्ध सहकारी संस्था आवद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्