
मकवानपुर, असार १३ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराती अवैध काठ ढुवानी गर्ने टिपरसहित तीन जनालाई पक्राउ गरेको छ ।
हेटौडा–नारायणगढ सडकखण्डको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीमा मनहरीबाट हेटौडातर्फ गइरहेको ना ४ ख ५५०१ नम्बरको टिपरमा सालको अवैध चिरान गरेको ५१ सय ६० क्युपिट काठ फेला परेको हो ।
प्रहरीले चालकसहित अन्य दुई जनालाई पक्राउ गरि डिभिजन वन कार्यालय राप्ती मनहरीमा बुझाइएकोे जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्