३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


हुन्डी ब्यापारी पक्राउ


0
Shares

काठमाडौं, मंसिर १ । काठमाडौं महानगरीय प्रहरी वृत्त कालिमाटीले भारतीय हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

कुलेश्वरबाट पक्राउ परेका भारतीय नागरिक सत्यनारायण प्रसादबाट प्रहरीले स्रोत नखुलेको ३६ लाख रुपैयाँ बरामद गरेको छ ।

उनी भारु र हुण्डी कारोबारी भएको अनसन्धानबाट खुलेको महानगरिय प्रहरी बृतका प्रमुख प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिए ।

उनको साथबाट ३७ लाख पाँच हजार रुपैयाँ बराबरका विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार भारु, विभिन्न बैंकका चेकबुक र मोबाइल पनि बरामद गरिएको छ ।

उनी ३० वर्षदेखि नेपालमा बस्दै आएको पनि अनुसन्धानबाट खुलेको जनाइएको छ ।