६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा


0
Shares

काठमाडौं, असार १४ । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताउनुभएको हो ।

बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उहाँले बताउनुभयो । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उहाँले बताउनुभयो ।

काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधैँ काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो ।

बाहिरी देशबाट आउने सामानहरु विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सिधैँ काठमाडौंमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि यहीँ ल्याएर क्लियर गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो । व्यापारमा सहजीकरणका साथै सामानको ढुवानी, ओसार–पसार गर्ने मुल्य घटाउन यसले महत्वपूर्ण योगदान दिने बताइएको छ ।

पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उहाँले बताउनुभयो ।