
नवलपरासी, असार १४ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सोमबार पश्चिम नवलरासीमा महामारीकाबीच वृक्षारोपण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको लक्ष्य अनुसार एक घण्टामा २० हजारभन्दा बढी बिरुवा रोपिएको दाबी गरिएको छ ।
राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मुल समारोह कार्यक्रम’ नाम दिएर पश्चिम नवलरासीको सुनवल नगरपालिका जर्गाहास्थित कोटही देवी सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।
कोरोना महामारीका बीच प्रदेश सरकारले १५ सय बढी व्यक्तिहरुको सहभागितामा वृक्षारोपण गरेको छ ।
बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको बताइए पनि काठ पैदावार विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
यो बाध्यतालाई हटाउन हाम्रै वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको र त्यसका लागि प्रदेश सरकार लागि परेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
सामुदायिक वनको २९ हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा वृक्षारोपण गरिएको बताइएको छ ।
कार्यक्रममा एक घण्टामा लक्ष्यभन्दा बढी २० हजार ९ सय १७ वटा विरुवा रोपिएको डिभिजन वन कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्