३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


ए डिभिजन लिग असोज ३ गतेदेखि सुरु, लिगका लागि खेलाडी दर्ता बुधबारबाट खुला


0
Shares

काठमाडौं, असार १४ । फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखी हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सबै पदाधिकारीहरुसँग छलफल गरेर ए डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ ।

एन्फा मुख्यालयमा बसेको ए डिभिजन लिग र एन्फा पदाधिकारीहरुको बैठकले लिगको मिति तय गरेको हो ।

बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता पर्सी बुधबारबाट खुला हुने बताएको छ ।

कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो ।

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजनमा हुने छैन ।

एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरेपनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।

सोही लक्ष्य अनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।