
पर्वत असार १५ । पर्वतको पैंयु गाउँपालिका वडा वडा नं. ७ भोर्ले थप १० दिनका लागि जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ ।
उक्त वडामा असार २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
भोर्ले गाउँका १ सय ८१ जनाको स्वाव संकलन गरि एन्टिजेन परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि लागु हुने गरी असार २० गतेसम्म जोखिमयुक्त क्षेत्र घोषणा गरिएको हो ।
यस अघि पनि २० जनामा संक्रमण भेटिएपछि असार ९ गतेदेखि मंगलबारसम्म निषेधाज्ञा जारीनै रहेको थियो ।
अघिल्लो पटक कोभिड संकास्पद ५० जनाको एन्टिजेन परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै एउटै वडामा संक्रमितको संख्या ६० पुगेको छ ।
पैंयु गाउँपालिकाको सिफारीसमा कोभिड व्यवस्थापन समिति पर्वतको सोमवारको वैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो ।
जोखिमयुक्त क्षेत्र घोषणा गरिएको भोर्लेको सिमानामा पर्ने पूर्वमा आङमाङ खोला, तुलसी खर्क वन, पश्चिममा नेपाने चोक, मालती गैह्रा, उत्तरमा गाबुडाँडा, जशुचोक, दक्षिणमा नाच्नेडाँडा, सुधारे गरी चार किल्लालाई जोखिमयुक्त क्षेत्र तोकिएको हो ।
उक्त क्षेत्रका नागरिकहरु असार २४ गतेसम्म अत्यावश्यक काम बाहेक हिडडुल नगर्ने, बाहिरी क्षेत्रवाट उक्त गाउँमा प्रवेश नगर्ने, एम्बुलेन्स, दमकल शवबहान, तथा स्वास्थ्य सामाग्री बोकेका सवारी साधन बाहेक अन्य सवारीसाधनहरु उक्त क्षेत्रमा संचालन नगर्न प्रशासनले आदेश दिएको छ ।
उक्त आदेशको अवज्ञा गरे कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जानकारी दिनुभयो ।
सोमवार गरिएको परिक्षणमा एउटै बस्तीमा ठुलो संख्यामा संक्रमित भेटिएपछि गाउँ सिल गरिएको पैंयु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । उहाँले स्थानीय नागरिकहरुलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्