२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


डडेल्धुरामा निषेधाज्ञा खुकुलो पार्दै ८ दिन थप


0
Shares

डडेल्धुरा, असार १५ । डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै ८ दिनका लागि फेरि थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण बढने क्रममै रहेकोले केही खुकुलो पार्दै असार २५ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।

बैठकले खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला गर्ने गरि निषेधाज्ञालाई जारी राख्ने बताइएको छ ।

एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा सहित सवारी साधनलाई जोरबिजोर प्रणालीमा संचालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

हप्तामा सातै दिन ७ बजेसम्म पसल, औषधि तथा स्वास्थ्य सामग्री पसल २४ सै घण्टा र बैंक तथा बित्तिय संस्थाहरु बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन हुने गरि निर्णय गरिएको जारी आदेशमा उल्लेख गरिएको छ ।