
काठमाडौं, असार १५ । नेपालमा पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३६ जना संक्रमित थपिएका हुन् ।
७ हजार २५९ जनामा पिसिआर परीक्षण गर्दा १७२८ र ४४८९ जनामा एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्