
कपिलवस्तु, असार १६ । कपिलवस्तु अस्पतालमा रहेका कोरोना संक्रमित बिरामी र कुरुवालाई श्री भगवानदास गुप्त स्मृति प्रतिष्ठानले निःशुल्क दिदै आएको भोजनदान अभियान समापन भएको छ ।
गत जेठ ७ गतेदेखि कोरोना संक्रमित र कुरुवाहरुलाई प्रतिष्ठानले ४५ दिन अभियान चलाएको थियो ।
अहिले अस्पतालमा कोरोनाका बिरामी मात्र ३ जना रहेको र बिरामी पनि नथपिएकाले आफुहरुले यो अभियान यस पटकका लागि रोकेको कार्यक्रमका संयोजक जिवनाथ पाण्डेयले बताउनुभयो ।
यस्तै प्रतिष्ठानको एम्बुलेन्सले घरबाट बिरामीहरुलाई निःशुल्क रुपमा ल्याउने र लैजाने प्रबन्ध गरेका संयोजक पाण्डेयले विज्ञप्ती जारी गर्दै कोरोनाबाट मृत्यु भएका परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दै कोरोना संक्रमण तथा मृत्युको संख्या घटेकोमा खुसी व्यक्त गरे ।
श्री भगवानदास गुप्त स्मृति प्रतिष्ठानका संयोजक जिवनाथ पाण्डेले आगामी दिनमा यदि यस्ता माहामारीको रुपमा कुनै पनि बिरामीहरु आएमा हामीहरू फेरि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदिप पौडेल, पशुपति प्रताप पुस्तकालयका उपाध्यक्ष सन्तराम अग्रहरी, कपिलवस्तु अस्पताल प्रशासन प्रमुख रत्नाकर शुक्ला तथा सदस्य धिरज पाण्डे लगायतका कार्यक्रमका सदस्यहरुको उपस्थितिमा कपिलवस्तु जिल्ला अस्पतालमा समापन गरिएको छ ।
श्री भगवानदास गुप्त स्मृति प्रतिष्ठानका अध्यक्ष सांसद बृजेशकुमार गुप्ता रहेको र गुप्ताका अनुसार कोरोना बिरामीहरुको चाप बढ्यो भने यस श्री भगवानदास गुप्त स्मृति प्रतिष्ठानद्धारा तुरुन्त फेरि यो कार्यक्रम सञ्चालनमा ल्याउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्