१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चिठ्ठाका नाममा नठगिन बैंकर्स संघको आग्रह


0
Shares

काठमाडौं, असार १६ । चिठ्ठाका नाममा नठगिन नेपाल बैंकर्स सघंले आम सर्वसाधारणलाई सचेत गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको र रकम पठाउनका लागि भन्दै खाता र व्यक्तिगत विवरण माग गर्ने गरी ठगी गर्ने क्रम बढको भन्दै सचेत गराएको हो ।

यस्ता सहयोग गर्ने बाहानामा खाताको गोप्य विवरण माग गर्ने र रकम चोरी गर्ने लगायतका ठगीका क्रियाकलापहरु बढेको भन्दै सतर्क रहन संघले बुधबार विज्ञप्ति जारी गरी आग्रह गरेका हो ।

त्यस्ता फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा सम्पर्क गर्न पनि संघले भनेको छ ।

साथै सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्नुहुन पनि संघले आग्रह गरेको छ ।