१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि


0
Shares

काठमाडौं, असार १७ । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको छ ।

गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनको मूल्यमा बिहीबार प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन प्रतितोला ८ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि भई १ हजार ३१० रुपैयाँ पुगेको सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार बजारमा सुन प्रतितोला ९० हजार र चाँदी एक हजार २ र ९० रुपैयाँमा कारोबार भएको थियो ।