
काठमाडौं, असार १७ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियललाई कोरोना भाइरसको संक्रमण देखिएपछि बन्द प्रशिक्षण एक साता पछि धकेलिएको छ ।
बिहीबारदेखि बन्द प्रशिक्षण हुनुपर्नेमा बुधबार ३३ जनाको परीक्षण गरिएकामा २० जना संक्रमित भएपछि बन्द प्रशिक्षण तत्कालका लागि एक साता धकेलिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
तर पुनः गरिएको परीक्षणमा १३ जनाको नतिजा नेगेटिभ आएको भन्दै राईले बाँकीको रिपोर्ट अझै शंकाको घेरामा रहेको बताउनुभयो ।
एन्फाले साफ च्याम्पियनसिप र एसिया कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको छ ।
सरकारले गत बैशाख १६ गतेदेखि कोरोनाका कारण निषेधाज्ञा लगाएसँगै खेलकुदका गतिविधिसमेत ठप्प हुँदै आएका छन् ।
फुटबलले भने निरन्तर आफ्ना गतिविधि जारी राखेको छ । नेपाली टिमले यसअघि कुवेतमा विश्वकप तथा एसिया कप छनोट फुटबल खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्