२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल : राधेश्याम अधिकारी


0
Shares

काठमाडौं, असार १७ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल भएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सरकारले प्रचार गरेजसरी खोप ल्याउन नसकेको बताउनुभयो ।

सरकारले खोप ल्याउन नसक्नुले नेपालको छिमेकिसँगको सम्बन्ध कस्तो रहेछ भन्नेपनि स्पष्ट भएको उहाँले बताउनुभयो ।

सत्तारुढ राजनीतिक नेतृत्व कोभिड नियन्त्रणमा पुर्ण रुपमा असफल भएको उहाँले बताउनुभयो । उहाँले ‘खोप ल्याउने भनेर जति सरकारले प्रचारित गरेपनि खोप आउन नसकेको तितो यथार्थ छ । र हाम्रो कुटनीतिक प्रयास छिमेकीसँग पनि कस्तो रहेछ भन्नेकुरा यस पटक उदाङ्गो भएको छ । कोभिड नियन्त्रणमा राजनीतिक नेतृत्व पूर्णत्ः असफल भएको छ ।’ बताउनुभयो ।

अधिकारीले संसद विघटनको सम्बन्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जानु स्वभाविक रहेको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य अधिकारीले सरकारले चुनाव गर्ने हठ गरिएको भएपनि चुनाव अनुकुलको परिस्थिति नभएको बताउनुभयो । उहाँले ‘सरकार चुनाव गराउने हठ गर्दैछ । चुनावमा जान प्रतिपक्षको हैसियतमा हामीले हौसिनुपर्ने हो तर परिस्थिति चुनाव अनुकुल छैन । चुनावको घोषणा भइसकेको छ । तर जनतामाझ जान सरकारकै उर्दी बाधक छ । म सोध्न चाहान्छु, के सरकारको निषेधाज्ञा तोडेर निर्वाचनमा जान भनिएको हो ? कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ? विशेषज्ञहरु कोभिडको तेस्रो दौड कार्तिक, मंसिर ताका आउने भन्दैछन्, सरकारको यसमा भनाई के छ ? आम नेपाली जनताले राणाकालीन बडाहामिकको शासन बेहोर्नुपरेको छ । सिडिओ मार्फत् सरकार चलाइँदै छ । यो कहिलेसम्म जाने हो ? कहिलेसम्म चल्ने हो ?’ भन्नुभयो

राष्ट्रिय सभा अधिकारीले देशमा कोभिडको कारण चौतर्फी रुपमा समस्या भइरहेको भएपनि सरकार अर्थ व्यवस्थापनमा चुकेको बताउनुभयो ।