१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी सेनाले २० वर्षपछि छाड्यो बग्राम शहर


0
Shares

एजेन्सी । अमेरिकी सेनाले २० वर्षपछि अफ्गानिस्तानको बग्राम शहर छाडेको छ ।

अमेरिकी र नाटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम एयरबेस छोडेको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका हुन् ।

अफगान राष्ट्रिय सुरक्षा एवम् रक्षा बललाई सो क्षेत्र पूर्ण रुपमा सुम्पिएको बताइएको छ ।

आगामी सेप्टेम्बर ११ सम्म अमेरिकी सेना फिर्ता गरिसक्ने योजना अन्तर्गत सेनाले उक्त क्षेत्र छाडेको हो ।

यसले अफगानिस्तानबाट विदेशी सेनाको पूर्ण बहिर्गमन टाढा छैन भनेर बुझ्न सकिने अधिकारीहरुले जनाएका छन् ।

यद्यपी अफ्गान सुरक्षा बलको निर्णय अधिकार अहिले पनि अमेरिकी शीर्ष कमान्डर जनरल अस्टिन एस मिलरसंगै रहेको बीबीसिले जनाएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंकवादी आक्रमण भएपछि सो आक्रमणका मुख्य योजनाकारहरुको धरपकडका लागि भन्दै अमेरिकी सेना ब्रगाम शहरमा पसेको थियो ।

ट्वीन टावर आक्रमणकै मिति आसपास पारेर सेना फिर्ता गर्ने योजनामा अमेरिका रहेको अनुमान गरिएको छ ।

ज्यादै खर्चिलो मानिएको अफगान मिसन बन्द गर्ने तयारी स्वरुप अमेरिकाले सेना फिर्ता गर्न थालेको समाचारहरुमा जनाइएको छ ।