१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोपा अमेरिका फुटबलको क्वाटर फाइनलका खेल शनिबार बिहानबाट हुने


0
Shares

काठमाडौं । कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै छन् ।

यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे हुने छ ।

यस्तै दोस्रो खेलमा शनिबार बिहान पौने ६ बजे ब्राजिल र चिली खेल्दै छन् ।

क्वाटर फाइनलको तेस्रो खेलमा उरुग्वे र कोलम्बिया तथा चौथो खेलमा अर्जेन्टिना र इक्वेडर खेल्ने छन् ।

समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली तथा समूह ‘बी’ बाट आयोजक ब्राजिलसहित, पेरु, कोलम्बिया र इक्वेडर अन्तिम आठमा पुगेका हुन् ।