१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘माई सेकेण्ड टिचर’द्धारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र डेब्युटेन्टस्लाई जनही १ लाख प्रदान


0
Shares

काठमाडौं, असार १८ । गत बैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न त्रि देशिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरेको छ ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण हालै मात्र हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागि परेको यस ई लर्नि«ङ प्लेटफर्मले नेपाली खेलकुद एवम् नेपाली युवावर्गको विशिष्ट प्रतिभामा समेत विशेष ध्यानाकर्षण गर्दै उनीहरुको योग्यताको सही पहिचान तथा हौसलामा बढावा दिई यस प्रतिस्पर्धाको आयोजना गरेको जनाएको छ ।