
काठमाडौं, असार २० । नेकपा एमालेमा एकता प्रक्रिया झन् पेचिलो बनेको छ । आफ्नो पक्षलाई एकलौटी रुपमा पेलेर निर्णय गर्न थालेपछि अध्यक्ष केपी ओलीसँग रुष्ट बन्नुभएका माधव नेपालसँग दुबै पक्षका दोस्रो तहका नेताले गरेको भेटवार्ता सकारात्मक बन्न नसकेको हो ।
पार्टी एकताका लागि लगातार छलफलमा रहेका दोस्रो तहका नेताले आइतबार वरिष्ठ नेता नेपाललाई भेटेर अध्यक्ष ओलीसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका हुन् । उनीहरुले अदालतमा नेपाल पक्षका सांसदले बुझाएका हस्ताक्षरले एकता प्रक्रियामा अफ्ठ्यारो परेको पनि बताएका थिए ।
नेपालले भने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमकै कारण समस्या आएकाले विघटन गर्नु गल्ती थियो भनेका हस्ताक्षर फिर्ताको विषय हल हुने जवाफ दिँदै आउनुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन लगाएर नेपाल पक्षलाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयासमा ओली पक्षका नेताहरु लागे पनि आइतबारको बैठकमा सहमति नबनेको हो ।
नेता नेपाललाई अध्यक्ष ओलीसँग वार्ता गर्न र दुई नेता मिल्न सुझाव दिएको नेता सुवास नेम्वाङ नेम्वाङले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ । दोस्रो तहका नेताहरुले कम्तिमा दुई नेता भेटेर पार्टी एक रहेको विज्ञप्ति भने पनि जारी गर्न सुझाएका थिए । नेता नेपालले भने कार्यदलमार्फत् वक्तव्य तयार पार्न भन्नुभएको बताइएको छ ।
नेपालसँग छलफल गर्न नेम्बाङसहित, विष्णु पौडेल, शंकर पोखरेल जानुभएको थियो भने साथमा नेपाल पक्षीय नेता घनश्याम भुषाल पनि हुनुहुन्थ्यो ।
ओलीले सोमबारसम्ममा हस्ताक्षर फिर्ता नलिए एकता प्रक्रिया सकिने प्रष्ट गरिसक्नुभएको छ भने नेता नेपालमा अदालतमा चलिरहेको मुद्दा कमजोर पार्ने ओलीको चालवाजी भएको भन्दै सशंकित बन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्