२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजार सामान्य अंकले गिरावट


0
Shares

काठमाडौं, असार २० । साताको सुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले ओरालो लाग्यो ।

कारोबार पनि ५ अर्ब हाराहारीमै सिमित भयो । उतार चढावबीच बजार परिसूचक नेप्से साढें ८ अंक बराबरले ओरालो लागेर २८ सय ३४ कायम भएर थामियो ।

कारोबार सुरु भएको केही समय उकालो लागेर २८ सय ५७ अंक छोएर ओरालो लागेको हो ।

होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समूह बाहेक अरु सबै समूह ओरालो लागे । निर्जीबन बीमा समूह सबैभन्दा उच्च १ सय १९ अंकले ओरालो लाग्यो ।

विकास बैंक, जीवन बीमा, वित्त, लघुवित्त, उत्पादमूलक र व्यापार समूह दोहोेरो अंकले घट्दा अरु सामान्य अंकले रातो रहेका हुन् ।

यस दिन होटल तथा पर्यटनमा ८६ अंक अनि अन्य समुहमा पनि दोहोरो अंकको सुधार आयो ।

यस दिन नेपाल स्टक एक्सचेज्नमा २ सय २४ कम्पनीको १ करोड ८ लाख कित्ता शेयर जम्मा ५ अर्ब ५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।