
फाइल तस्बिर
चितवन, असार २० । मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
गत शुक्रबार १८ गते राती सडकखण्डको भरतपुर– २९ सेतीदोभानमा पहिरो खसेपछि अवरुद्ध सडक हिजो विहान एकतर्फी सञ्चालनमा आएको थियो ।
पुनः सोही ठाउँबाट पहिरो खसेपछि गए रातीदेखि अवरुद्ध सडक दिउँस साँढे २ बजेबाट दुइतर्फी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गए रातीदेखि सवारी रोकिँदा अहिले सवारीको लामो जाम छ । पहिरो हटाउन बिहानदेखि डोजर, ब्रेकर र जेसिबी प्रयोग भएको थियो ।
हालसम्म पनि माथिबाट ढुङ्गा र पहिरो खसिरहेको हुँदा उक्त सडक प्रयोग गर्ने व्यक्तिहरुलाई नारायणगढ मुग्लिङ सडक खण्डको जानकारी लिएर मात्र प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्