२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागमती प्रदेशसभा बैठक स्थगित


0
Shares

मकवानपुर, आसर २० । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक दलीय सहमति नभएको भन्दै स्थगित गरिएको हो । यसअघि बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक दलहरुबीच बैठक सञ्चालनबारे सहमति नजुट्दा दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।

अब सभाको बैठक सोमबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ जानकारी गराउनुभयो । उहाँले सरकारपक्ष र प्रतिपक्षको सहमतिमा भोलिसम्मको लागि संसद बैठक स्थगित गरिएको बताउनुभयो ।

प्रदेश सरकारले असन्तुलित ढंगले गुटगत बजेट ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षले सरकारको विरोध गर्दै आएका छन् ।

बजेट प्रति असन्तुष्टि जनाउदै प्रतिपक्षी दलहरुले शनिबारको बैठक अवरुद्ध गरेपछि प्रदेश सरकार सहमति जुटाउने प्रयासमा लागेको छ ।

सत्तापक्षबाटै असन्तुष्टिको आक्रोश खेपिरहेको प्रदेश सरकारलाई बजेटप्रति रुष्ट बनेका प्रतिपक्षीलाई पनि फकाउनुपर्ने बाध्यता छ ।