१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्रकले दुई स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


0
Shares

चितवन, असार २० । चितवनमा एउटा ट्रकले दुई वटा स्कुटरलाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाका अनुुसार आज दिउसो पौने ३ बजेतिर भरतपुर महानगरपालिका १ आँपटारीस्थित पानी ट्याङकी ओरालोमा नारायणगढबाट लम्जुङतर्फ गईरहेको ग १ ख ९७५६ नम्बरकोे ट्रकले बिपरीत दिशाबाट आईरहेको प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिंएको हो ।

दुबै स्कुटरमा सवार चालक सहित ४ जना मध्ये १ जना महिलाको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा तनहुं जिल्ला देवघाट गाउँपालिका १ बस्ने अन्दाजी ४० बर्षकी चिनीमांया पौडेल रहेको जनाइएको छ । सोही स्कुटरका चालक भरतपुर ११ बस्ने बर्ष ३५ का पुष्पराज बास्तोलाको गम्भिर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।