२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


डडेल्धुराको जोगबुढामा हेलिप्याड निर्माण


0
Shares

डडेल्धुरा, असार २१ । डडेल्धुरामा नाईट भिजन सुविधासहितको हेलीप्याड निर्माण कार्य सम्पन्न भएको छ ।

नगरपालिको आर्थिक सहयोग र नेपाली सेनाको सहकार्यमा परशुराम नगरपालिका वडा नम्वर–१२ जोगबुडा रंगुन नदी तटीय क्षेत्रमा हेलीप्याड निर्माणको काम सम्पन्न भएको हो ।

राती समेत ल्याण्ड गर्न सकिने गरीे हेलीप्याड निर्माण गरिएको नगर प्रमुख भिम बहादुर साउदले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका ८८ स्थानीय तह मध्ये पहिलो पटक परशुराम नगरपालिकामा हेलिकोप्टर अवतरण गर्ने स्थायी हेलीप्याड निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको आधा जनसंख्या रहेको भित्रि मधेशमा हेलीप्याड निर्माण भएसँगै बिपद् व्यवस्थापन लगायत बिभिन्न आकस्मिक कामका लागि सहज हुने छ ।