
चितवन, असार २१ । केही दिनदेखि वेपत्ता भएकी चितवनकी सुजिता भण्डारीको शव फेला परेपछि जिल्लावासीहरुले निश्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका छन् ।
स्थानीयको प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ । राप्ती नगरपालिकाकी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।
युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे अनुसन्धान नथालेको उनीहरुको आरोप छ ।
स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् । असार ११ गते बिहान साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्