७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पाल्पामा एक साता निषेधाज्ञा थप


0
Shares

पाल्पा, असार २१ । पाल्पामा जारी निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थपिएको छ ।

निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ । यस अघि होटल तथा रेष्टुरेण्ड, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, बाहेक अन्य पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्न दिएकोमा यसको समय बढाएर ३ बजेसम्म पुर्‍याइएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु भने विहान १० बजेदेखि ५ बजेसम्म नै सञ्चालन हुनेछन् । यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारी साधनहरु बाहेक अन्य निजी तथा सार्वजनिक यातायातमा भने रोक लगाइएको छ ।