
मेलम्ची, असार २२ । नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।
मंगलबार हेलम्बुको गाउँपालिका पुगेर नेता रायमाझीले गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
सुन्दरहरैचा नगरपालिका, विराटचोक मोरङको सहयोगमा ३८ वटा टेन्ट उपलब्ध गराइएको छ । मेलम्चीमा आएको बाढीले घरवारबिहीन भएकाहरूका लागि टेन्ट आवासको व्यवस्था सहज होस् भनेर हस्तान्तरण गरिएको नेता रायमाझीले जानकारी दिनुभयो ।
उहाँले मेलम्ची बाढीपीडितका लागि आवश्यक पहलकदमी सरकारले नलिएको भन्दै सो विषय राष्ट्रियसभा बैठकमा उठाउने र थप सहयोगका लागि पहल गर्ने पनि बताउनुभयो ।
हेलम्बुको दुःखमा साथ दिएको भन्दै सिन्धुपाल्चोक कांग्रेसका युवा नेता प्रेमध्वज लामाले सुन्दरहरैचा नगरपालिका र नेता रायमाझी प्रति आभार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्