
काठमाडौं, असार २२ । सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ ।
एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन बढुवा समितिका सदस्य सचिव सशस्त्रका एआईजी रामशरण पौडेलले सूचना जारी गर्नुभएको छ ।
यसअघि बढुवाका लागि तीन दिनभित्रमा आवेदन दिन भनिएको थियो ।
नेपाल प्रहरीको प्राविधिक सईबाट सशस्त्रमा प्रवेश गरेका उनीहरु नै वरीयतामा अगाडि थिए । सशस्त्र प्रवेश गरेसँगै उनीहरु गैरप्राविधिक बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्