२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सुनको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं, असार २३ । नेपाली बजारमा सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ ।

छापावाल सुन बुधबार प्रतितोला ४ सय रुपैयाँले बढाएको छ । प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको थियो । बुधबार तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भन्दा १० रुपैयाँ घटेको चाँदी १ हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ ।