
मुग्लिन-नारायणगढ सडक
चितवन, असार २३ । असार १७ गतेदेखि खुल्दै बन्द हुँदै गरेको मुग्लिन-नारायणगढ सडक बुधबारदेखि दुईतर्फी सञ्चालमा आएको छ ।
भरतपुर २९ सेती दोभानको पहिरो पूर्णरुपमा पन्छाएर बाटो दुइतर्फी सञ्चालमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बुधबार दिउँसो ३ बजेपछि सडक पूर्ण रुपमा दुइतर्फी आवागमन भएको हो । फेरि पनि वर्षा भयो भने यो ठाउँमा पहिरो खस्ने सम्भावना कायमै छ ।
रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन समय लागेपछि काठमाण्डौ पोखरा जाने सवारी रामनगरमा र नारायणगढतर्फ आउने सवारीहरुलाई मुग्लिनमा रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्