१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा


0
Shares

काठमाडौं, असार २४ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं उपत्यकाको परिचय बोकेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भइरहेको छ ।

भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम २०७५ को वैशाखबाट सुरु भएको थियो ।

उपभोक्ता समिति मार्फत पुरानै शैलीमा पुनर्निर्माण भैरहेको काष्ठमण्डपका लागि काठमाडौं महानगरपालिकाले ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ ।

अहिलेसम्म काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो ।

लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै पुनर्निर्माणको कामलाई निरन्तरता दिएको संयोजक शाक्यले जानकारी दिनुभयो ।