१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दार्चुलामा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु


0
Shares

काठमाडौं, असार २४ । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

नौगाढ गाउँपालिका–३ चौखुट्टे भन्ने स्थानमा पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको हो ।

यस्तै सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको दार्चुला प्रहरीले जानकारी दिएको छ । पुरिएका तीनै जनाको शव पहिरोबाट निकालिएको छ ।

यस्तै नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको हो ।

सदरमुकामबाट ८ घण्टाको पैदल दूरीमा पर्ने सो स्थानमा बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीन वटा निर्माणाधीन पक्की पुल, तीन वटा घट्ट पनि बगाएको प्रहरीले बताएको छ ।