१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिद्धार्थ राजमार्ग अवरुद्ध


0
Shares

स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा-पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा सडक अवरुद्ध भएको छ ।

राजमार्ग खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरिक्षका राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर सडक खुलाउने प्रयास भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।