
काठमाडौं । यही साउन ८ गतेदेखि हुने ओलम्पिक प्रतियोगितालाई मध्यनजर गर्दै जापानको राजधानी टोकियोमा आपतकाल लागू भएको छ ।
टोकियो ओलम्पिकमा भीडभाड हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै त्यहाँ आपतकाल लागू गरिएको हो ।
बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतियोगितामा दर्शकलाई प्रवेशमा रोक लगाउने तयारी भएको छ ।
कोरोनाको संक्रमण रोक्न दर्शकको प्रवेशलाई रोक्नु नै उत्तम विकल्प भएको त्यहाँका विज्ञले बताएका छन् ।
ओलम्पिकमा विदेशी दर्शकलाई यसअघि नै प्रवेशमा रोक लगाउने निर्णय भइसकेको छ । ओलम्पिकको उद्घाटन जुलाई २३ तारिखमा हुँदैछ ।
कोरोना भाइरस महामारीका कारण स्थगित भएको ओलम्पिक प्रतियोगिता अहिले हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्